अब ‘आइएमईपे’ मा कनेक्ट आइपीएस मार्फत बैंक लिङ्क गरी कारोबार गर्न सकिने

१६ श्रावण २०८०, मंगलवार १७:४३

काठमाडौँ । ‘आइएमईपे’ ले आफ्नो एपमा कनेक्ट आइपीएस मार्फत बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ ।

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यकासाथ सञ्चालनमा ल्याइएको यस सेवामार्फत ग्राहकहरूले ‘आइएमईपे’ मा आफ्नो बैंक खाता एकदमै सुरक्षित तवरले लिङ्क गरि राख्न सकिने भएको छ ।

यसका लागि ग्राहकहरूले ‘आइएमईपे’ मा रहेको लिङ्क भाया कनेक्ट आइपीएस छनौट गरी आफ्नो बैंक खाता लिङ्क गर्नुपर्नेछ । यसरी लिङ्क भईसकेपछि एपमा पैसा लोड गर्न तथा खाताबाट सोझै भुक्तानी सहज रूपमा गर्न सकिने भएको छ ।

‘आइएमई पेले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवद्र्धित सेवाहरूको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने साथै नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसारको अन्तरआबद्धमा पनि ठुलो टेवा पुर्याउने उद्देश्यका साथ यो सेवा ल्याइएको’ ’आइएमईपे’ का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*