बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको पदावधि आजबाट समाप्त !, अर्थमन्त्रालयको रेकर्ड भन्छ, २०८० साउन १५ गते अन्तिम दिन

१५ श्रावण २०८०, सोमबार २३:४१

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको पदावधि आजबाट समाप्त भएको प्राप्त कागजातबाट देखिएको छ । भोलि अर्थात साउन १६ गतेबाट सूर्य प्रसाद सिलवाल गैर कानुनी हुने अर्थमन्त्रालयको रेकर्डबाट खुलेको छ । नियुक्त हुँदाको प्रक्रिया र उमेर हदका कारण अध्यक्ष सिलवाल पदमुक्त भएका हुन् ।

अर्थमन्त्रालयको रेडर्कमा आज अन्तिम दिन भए पनि प्राधिकरणमा कुनै औपचारिक विदाई समारोह आयोजना गरिएको छैन । बीमा प्राधिकरण स्रोतले सुर्य प्रसाद सिलवालले भोलि पनि अध्यक्षको हैसियतमा काम काज गर्ने सम्भावना रहेको बीमापोष्टलाई जानकारी दिएको छ । करिब दुई वर्ष छ महिनाको अवधी विवादै विवाद, घोटाला र भ्रष्टाचारजन्य निणर्य गरेर विताएका सुर्य प्रसाद सिलवालको भोलिबाट पदावधी विवादमा पर्ने भएका छन् ।

२०७७ साल माघ १९ गते बसेको मन्त्रिपरिषदको निणर्य अनुसार तत्कालिन बीमा समितिका अध्यक्षमा नियुक्त भएका सिलवालको पदावधी विवाद नै विवादका बीचमा चार वर्षे पदावधी पुरा हुन नपाई आजबाट सकिएको हो । ६५ वर्ष उमेर हदका कारण सिलवालको पदावधी आजबाट सकिएको अर्थ मन्त्रालय स्रोतको दावी छ । अर्थमन्त्रालय स्रोत भन्छ ‘नैतिकताको आधारमा भोलिबाट प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल अध्यक्षको हैसियतमा काम काज गर्न मिल्दैन ।’

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको वास्तविक जन्म मिति २०१५ साल साउन १६ गते भएपछि पदीय दुरुपयोग गरी पटक पटक नागरिकता तथा सरकारी कागजात संशोधन गरेका थिए । अझै पनि पछिल्लो कागजातमा सूर्य प्रसाद सिलवालको नागरिकता र राहदानीमा दुई थरी जन्म मिति रहेका छन् । जसमध्ये राहदानीमा २०१८ साल कार्तिक २४ जन्म मिति रहेको छ भने नागरिकतामा २०१६ साल कार्तिक २२ गते जन्म मिति भएको कागजात सिलवाल आफैसँग रहेको छ । २०३२ साल फागुन २४ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता लिएका सिलवालले राहदानीमा नागरिकता लिँदा १३ वर्षको उमेर रहेको प्रष्टै खुल्छ ।

विवादै विवादका बीचमा अढाई वर्ष गुजारेका प्राधिकरणका अध्यक्ष सिलवाल अर्थमन्त्रालयको रेकर्डमा आजबाट पदमुक्त भएका छन् । भोलिबाट उनले पुनः नेपाल बीमा प्राधिकरणमा आएर काम काज गर्ने सम्भावना भने उत्तिकै छ । त्यस्तो अवस्थामा सिलवालले वैधानिकता पाउँछन् वा पाउँदैनन् त्यो भने हेर्न बाँकी छ । सो सम्बन्धमा जिज्ञाशा राख्न खोज्दा अर्थमन्त्रालयका प्रबक्ता धनीराम शर्मा सम्पर्कमा आउन चाहेनन् ।

 

 

2 thoughts on “बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको पदावधि आजबाट समाप्त !, अर्थमन्त्रालयको रेकर्ड भन्छ, २०८० साउन १५ गते अन्तिम दिन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*