उपत्यकामा विशेष सार्वजनिक बस सेवा थप प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्डको चासो, सरोकारवालासँग छलफल

१५ श्रावण २०८०, सोमबार २०:०९

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक बस सेवालाई अझै प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्डले चासो दिएका छन् । प्रधानमन्त्री प्रचण्डले आज सबै सरोकारवालासँग छलफल गरेर सार्वजनिक बस सेवालाई थप प्रभावकारी बनाउनेबारे आवश्यक निर्देशन दिएका छन् ।

सार्वजनिक वस सेवा सञ्चालनबारे प्रधानमन्त्री प्रचण्डले साउन १५ गते सोमबार भौतिक योजना तथा यातायता मन्त्रालय,यातयात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी र ट्राफिक प्रहरी लगायतका निकायसँग बहुपक्षिय छलफल गरेका हुन् । छलफलका क्रममा काठमाडौं उपत्यका दिनहँु देखिने ट्राफिक समस्या समाधान र विशेष सार्वजनिक बस सेवा सञ्चालन बारे छलफल भएको थियो ।

छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकामा देखिएका सडकका हरेक समस्या समाधान गर्नेगरी लाग्न सम्बन्धित निकायलाई सचेत गराउँनुभएको छ । विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे सम्बन्धित निकायबीच भएको छलफलको प्रशसा गर्दै असोजसम्मलाई तारगेट गरेर विशेष बसहरु सञ्चालन गर्ने गरी तयारी गर्न निर्देशन दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*