सार्वजनिक खरिद अनुगमनको कार्यालयमा निर्माण व्यवसायीद्वारा धर्ना

१४ श्रावण २०८०, आईतवार १४:४०

काठमाडौं । निर्माण व्यवसायीहरुले म्याद थप तथा भुक्तानीलगायतका ९ बुँदे माग राख्दै सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना दिएका हुन् ।

व्यवसायीहरुले ९ बँुदे मागसहित गरिरहेको आन्दोलनलाई मूर्त रुप दिदै बिहान १० बजेदेखि ११ बजेसम्म कार्यालय घेराबन्दी गरेका हुन ।

व्यवसायीहरुले खरिद नियमावलीको नियम ६ लाई कडाईका साथ लागु गर्न, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्न, काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर्न, सार्वजनिक ऐन तथा नियम तुरुन्त संशोधन गर्न लगायतका माग राख्दै प्रदर्शन गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*