पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड आज अवरुद्ध, सयौं यात्रु अलपत्र

१४ श्रावण २०८०, आईतवार १२:५९

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज अवरुद्ध भएको छ । आइतबार पहिरो खसेपछि सो सडक अवरुद्ध भएको हो ।

आज इच्छाकामना गाउँपालिका–६ कालिखोलामा बिहान ९ बजे लेदो भएको माटोसहितको पहिरो खसेको थियो । सडक अवरूद्ध हुँदा बिहानदेखि यात्रुहरू अलपत्र परेका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षकको टोली र सडक विभाग मिलेर यतिबेला पहिरो पन्छाउने कोशिस गरिँदै छ । पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पनि पहिरो पन्छाउन समस्या भइरहेको छ । हरेक वर्षा याममा यस सडकखण्ड अवरुद्ध हुँदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*