सूर्यज्योति लाइफद्वारा बीमालेख धितो कर्जाको ब्याजदर परिवर्तन (सूचनासहित)
९ श्रावण २०८०, मंगलवार १८:०५
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले जारी बीमालेखहरुमा बीमालेख धितो वापतको कर्जा परिवर्तन गरेको छ ।
कम्पनीले एक सूचना प्रकाशित गरी २०८० साउन १ गतेदेखि लागूहुने गरि १० प्रतिशत (पौस र असार मसान्तमा चक्रवृद्धि हुने गरी) कायम गरेको हो ।
साथै, आफुले लिएको बीमा कर्जाको ब्याज समयमा नै भुक्तानी गर्न कम्पनीले आग्रह गरेको छ ।