त्रिवि भन्सारको प्रमुखमा टोकराज पाण्डे नियुक्त

९ श्रावण २०८०, मंगलवार १७:३४

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको प्रमुखमा डा. टोकराज पाण्डे नियुक्त भएका छन् । भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर उनलाई नियुक्ति गरिएको हो ।

एयरपोर्टबाट १०० किलो बढी सुन बरामद् हुँदा विमानस्थल भन्सार कार्यालयका प्रमुखरहेका सहसचिव अरुण पोखरेलले ढाडमा समस्या देखाएर बिदामा बसेका थिए ।

सो ठाउँमा पाण्डेलाई खटाइएको छ । अस्तिमात्र २६ सहसचिवहरुको सरुवा हुँदा राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा तानिएका पाण्डेलाई विमानस्थलको प्रमुखको जिम्मेवारी दिएर खटाइएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*