आइतबार सिटिजन, रिलायबल र सन नेपाल लाइफको आइपीओमा कति पर्यो आवेदन ?

७ श्रावण २०८०, आईतवार १७:३४

काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् ।

सन नेपाल लाइफ
सन नेपाल लाइफको आईपीओमा अहिलेसम्म सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन ७ गते) साझ ५ः४ मिनेटसम्ममा १७ हजार ३८२ जनाबाट ११ लाख १३ हजार २९० कित्ता बराबर २६ करोड ६० लाख ७६ हजार रुपैयाँको आवेदन परेको छ ।

रिलायबल नेपाल लाइफ
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमोे सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन ७ गते) साझ ५ः४ बजेसम्ममा २२ हजार ६५३ जनाबाट १६ लाख ३६ हजार ४९० कित्ता बराबर ४२ करोड ०५ लाख ७७ हजार रुपैयाँको आवेदन परेको छ ।

सिटिजन लाइफ
सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन ७ गते) साझ ५ः४ बजेसम्ममा १९ हजार २१ जनाबाट १३ लाख ३६ हजार ३५० कित्ता बराबर ३२ करोड ६० लाख ६९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*