राष्ट्र बैंकले वित्तीय गहिराई मापन गर्ने, बीमा, लघुवित्तसहित सबै क्षेत्र समेटेर एकीकृत प्रतिवेदन तयार पार्ने

७ श्रावण २०८०, आईतवार १३:५१

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्तीय गहिराई मापन गर्ने घोषणा गरेको छ । आज सार्वजनिक भएको मौद्रिक नीति अनुसार राष्ट्र बैंकले बीमा क्षेत्र, लघुवित्त, बैंक तथा वित्तीय संस्था, नागरिक लगानी कोष, कर्मचारी संचय कोष लगायतका अन्य गैर बैकिङ वित्तीय संस्थाहरुको वासलात समावेश गरेर वित्तीय सर्वेक्षण गरी प्रतिवेदन तयार पार्ने कुरा बुँदा नं १०४ मा उल्लेख गरेको छ ।

केन्द्रीय बैंकले यस्तो प्रतिवेदन तयार गरेपछि सरकारलाई आगामी दिनमा आर्थिक नीति बनाउन सजिलो हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*