भोलिदेखि मनकामना स्मार्ट लघुवित्तको आइपीओ निष्काशन हुने

१६ असार २०७८, बुधबार १३:०६

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गते (भोलि) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले तीन करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न लागेको हो। कम्पनीको जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ। कम्पनीको शेयर असार २१ गतेसम्ममा आवेदन दिन सकिन्छ ।

यसको ३२.११ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो। सर्वसाधारणलाई छुट्याइएकोबाट कर्मचारी र सामूहिक लगानी कोषलाई पनि शेयर दिईने क्यापिटलले जनाएको छ।

त्यस्तै, तीन लाख ८९ हजार कित्ता सेयरमध्ये ६ हजार ५८ कित्ता कर्मचारी र १९ हजार ४ सय ५० कित्ता कोषहरुले पाउने छन्। बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले दाबी गर्न पाउने छन्।कम्पनीको शेयर कम्तिमा १० कित्ताका लागि आवेदन दिन सकिन्छ। बढीमा एक हजार कित्तासम्म भर्न पाइने छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*