काठमाडौं महानगरले पारित गर्यो सञ्चार तथा सूचना विधेयक, कस्ता छन् अन्य व्यवस्था ?

२ श्रावण २०८०, मंगलवार १६:३०

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो छुट्टै सञ्चार रजिष्ट्रार सहित पत्रकार परिचयपत्र जारी गर्ने अधिकार समावेश गरेर सञ्चार तथा सूचना विधेयक पारित गरेको छ । उक्त विधेयक राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने छ ।

१० परिच्छेद सहित ६७ दफा समेटेर उक्त विधेयक बनाइएको छ । उक्त विधेयकमा अभिलेख तथा तथ्यांक व्यवस्थापन, विज्ञापन नियमन, प्रवर्धन र व्यवस्थापन,सूचनाको हक कार्यान्वयन, सञ्चार माध्यमको व्यवस्थापन, सञ्चार रजिष्ट्रार र सञ्चार प्रतिष्ठान प्रत्रकारिताको विकास र प्रवर्धन जस्ता विषय समेटिएका छन् ।

विधेयकमा स्थानीय संस्कृति तथा भाषा आदिलाई सुविधा,लोक कल्याणकारी विज्ञापन, पत्रकारितालाई प्रोत्साहन, राष्ट्रिय र प्रदेश तथ्यांक प्रणालीमा आवद्धता, विज्ञापन व्यवस्थापन र वितरण, तथ्यांकमा आधारित नवप्रवर्तन, सीसीटीभी जडान र डाटा आदिको सुरक्षा विषयलाई पनि समेटिएको छ ।

विधेयकमा प्रेस पास जारी, सूचना केन्द्र, प्रकाशन तथा प्रसारण, प्रवक्ता, सहायक प्रवक्ता, सूचना अधिकारीको व्यवस्था गर्नेदेखि लिएर कर्मचारी तथा प्रत्रकारको सुरक्षाका विषय समेत समेटिएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*