सामाजिक सुरक्षा कोषविरुद्धमा बैंकका कर्मचारी आन्दोलित, कालो ब्यानर बोकेर सडकमा

१५ असार २०७८, मंगलवार २२:४८

काठमाडौं । सामाजिक सुरक्षा कोषले दिने लाभ विदेभपूर्ण रहेको भन्दै बैंकका कर्मचारीहरु कालो ब्यानर बोकेर आन्दोलनमा उत्रिएका छन् । मंगलबार नेपालमा सञ्चालित अधिकांश बैंकमा कार्यरत हजारौं कर्मचारीहरु सामाजिक सुरक्षा कोषको विभेद अन्त्यको माग गर्दै कालोब्यानरसहित सडकमा उत्रिएका छन् ।

बैंक तथा वित्तीय संस्था कर्मचारी संघको नेतृत्वमा भइरहेको आन्दोलनमा बैंक अफ काठमाडौं, नेपाल बंगलादेश बैंक, मा कार्यरत कर्मचारीहरु ब्यानरसहित सडकमा निस्किएका हुन् । आन्दोलनकारीहरुले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा हाम्रो असहमतिक किन ?’ भन्ने ब्यानर बोकेर सडकमा उत्रिएका हुन् ।

बैंकका कर्मचारीहरुले आईएलओ महासन्धी १९४९ विपरित हुने गरी समाजिक सुरक्षा कोष सञ्चालन गरिएको भन्दै गम्भिर आपत्ति जनाएका छन् । बैंक तथा बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको खाईपाइ आएको सुविधा घट्ने, बैंक तथा वित्तीय संस्था कर्मचारी संघले उठाउँदै अव्यवहारिक प्रावधानहरु नहाएकोले, योगदानमा आधारित समाजिक सुरक्षा व्यवस्था स्वच्छिक नभई बाध्यकारी भएको आरोप लगाउँदै उक्त कोषमा आबद्ध नहुने भन्दै सबै बैंकमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका हुन् ।

कर्मचारीहरुले पाँच बुँदे असहमति अघि सार्दै सामाजिक सुरक्षा कोषका विरुद्धमा आन्दोलनमा उत्रिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*