विधि मिचेर राष्ट्रिय बीमा संस्थानको अध्यक्ष बनेका पौडेल अख्तियारको छानविनमा
काठमाडौं । विधि मिचेर मन्त्रिपरिषदको निणर्यमार्फत राष्ट्रिय बीमा संस्थानको अध्यक्ष बनेका ईश्वर पौडेलमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेको खुलेको छ ।
संस्थानको अध्यक्ष हुनको लागि तोकिएको तीन वर्षसम्म संगठित संस्थामा काम गरेको अनुभव हुनुपर्नेमा सो अनुभव छ भनि ढाँटेर मन्त्रिपरिषदबाट नियुक्त लिएका राष्ट्रिय बीमा संस्थानका अध्यक्ष ईश्वर पौडेल भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेका हुन् । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले कानुन विपरित नियुक्त गराएका पौडेलमाथि हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको जनाइएको छ ।
उनीमाथि योग्यता नै नपुगेको व्यत्तिले ढाँटेर संस्थानको अध्यक्ष पदमा नियुक्त लिई अनुचित लाभ लिएको आरोपमाथि छानविन भइरहेको हो । स्रोतका अनुसार आयोगले पौडेलको अध्यक्ष पदमा रहेर काम गर्न अयोग्य रहेको अभियोग पुष्टि गरेपछि सञ्चालक समितिको बैठक भत्ता बापत बुझिलिएको प्रति बैठक तीन हजार रुपैयाँ लिएको विषयमाथि थप छानविन हुनेछ । पौडेलले संस्थानबाट गाडी सुविधा लगायतका अन्य थुप्रै सुविधा राज्य कोषबाट लिएका छन् ।
पौडेलेसँग यसअघि हिसिला यमी पर्यटन मन्त्री हुँदाका बखत स्वकिय सविच भएर काम गरेको बाहेक कुनै अनुभव छैन । त्यसैले उनको योग्यता नपुग्ने स्पष्ट छ । तत्कालिन बीमा ऐन तथा राष्ट्रिय बीमा संस्थान ऐन अन्तर्गत पौडेल अध्यक्ष पदमा नियुक्त हुन अयोग्य थिए । सो सम्बन्धमा परेको उजुरीमाथि आयोगले छानविन थालेको जनाइएको छ ।