महुली लघुवित्तको शेयर रजिष्ट्रारमा सनराईज क्यापिटल नियुक्त
१ श्रावण २०८०, सोमबार १०:५८
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा सनराईज क्यापिटललाई नियुक्त गरेको छ ।
संस्थाको असार २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो क्यापिटलाई शेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।
संस्थाले सनराईज क्यापिटल लिमिटेडलाई २ वर्षको लागि शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।