राष्ट्रिय बीमा संस्थानमा योग्यता नै नपुगेको ईश्वर पौडेल अध्यक्ष बनेर काम गर्दै, राजनीतिक आडमा संस्थान डुबाउने हर्कत

३१ असार २०८०, आईतवार १९:००

काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानका अध्यक्ष ईश्वर पौडेलले आफ्नो योग्यता नै नपुगी सरकारलाई ढाँटेर मन्त्रिपरिषदबाट नियुक्त लिएको तथ्य फेला परेको छ ।

ईश्वर पोखरेललाई तत्कालिन शेर बहादुर देउवा सरकारले २०७९ असार २१ गते मन्त्रिपरिषदबाटै संस्थानको अध्यक्ष पदमा नियुक्त गरेको थियो । तर, उनको शैक्षिक योग्यतामा समस्या नरहे पनि कुनै पनि संगठित संस्थामा कम्तीमा तीन वर्ष काम गरेको अनुभव हुनुपर्नेमा सो अनुभव नरहेको फेला परेको छ । स्रोतका अनुसार पौडेलले जबरजस्ती ऐन, नियमको धज्जी उडाउँदै राष्ट्रिय बीमा संस्थानमा अध्यक्षको भूमिका कार्य गरिरहेका छन् ।

संस्थानमा खास ठूलो भूमिका हुँदैन । प्रतिबैठक भत्ता तीन हजार रुपैयाँ, गाडी सुविधा पाउने संस्थानमा जनार्दन शर्माको गुट बलियो बनाउन यिनलाई नियुक्ती गरिएको थियो । उतिबेला योग्यता नै नगरी संस्थानमा पौडेललाई नियुक्ती गरिएको चर्चा नचलेको होइन । अर्थ मन्त्रालय स्रोतका अनुसार पौडेललाई नियुक्ती गर्दा आवश्यक पर्ने तीन वर्षे अनुभवको पत्र नै मागिएको थिएन ।

सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानमा तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले माओवादी पृष्ठभूमि भएका तर पार्टीका लागि योगदान भन्दा पनि अवसर खोज्ने चितवन टाँडीका ईश्वर पौडेल नाम गरेका व्यक्तिलाई संस्थानको अध्यक्षमा नियुक्त गरेका थिए । उनी यसअघि हिसिला यमी पर्यटन मन्त्री भएका बेला पौडेल स्वकीय सचिव भएर काम गरेका थिए । यमीको पालामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयरमार्शल काण्ड घटेको थियो ।

योग्यता नै नपुगेका व्यक्ति संस्थानमा अध्यक्ष भएपछि गत साउनमा नागकिता लगानी कोषबाट आएको तीन अर्बभन्दा बढि रकम बैंकमा जम्मा गरेर संस्थानको सिष्टममा नराखी ब्याज घोटाला गरिएको थियो । सो घोटाला काण्डमा पौडेलमाथि कारवाही गर्नुपर्ने मागसहितको समाचार उतिबेला नै बीमापोष्टमा प्रकाशित भएको थियो । बीमापोष्टमा समाचार प्रकाशित भएपछि हतार हतार सिष्टममा देखाएका थिए ।

One thought on “राष्ट्रिय बीमा संस्थानमा योग्यता नै नपुगेको ईश्वर पौडेल अध्यक्ष बनेर काम गर्दै, राजनीतिक आडमा संस्थान डुबाउने हर्कत

  1. Rocks says:

    Thukka netaharu aafno sartha pura garna ko lagi j pani garne??? milne bhayeko bhaye yesle ta aafno chhora chhori lai pani bechhera paisa kamauna tira lagxa hola.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*