परराष्ट्रमन्त्री साउद आज थाइल्याण्ड जाँदै

३१ असार २०८०, आईतवार १२:३४

काठमाडौं । नेपाल सरकारका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज थाइल्याण्ड जाने भएका छन् ।

थाइल्याण्डले आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा भाग लिन आज त्यसतर्फ जान लागको हुन् ।

परराष्ट्र साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो १ः३० बजे थाइ एयरवेजबाट बैंकक प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ ।

उनी सोमबार बिमस्टेकका परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी भइ मंगलबार स्वदेश फर्कने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*