आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड हुदै, कतिले पाउनेछन् शेयर ?
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ आज बिहान ११ बजे हुनेभएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आज (शनीबार) क्यापिटलकै कार्यालयमा आईपीओ बाँडफाँड हुन लागेको हो ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १२ लाख ९० हजार ७४१ जना आवेदकबाट ३ अर्ब ७४ करोड १ लाख ३३ हजार ७०६ रुपैयाँ बराबरको १ करोड ५७ लाख ८७ हजार १५० कित्ता शेयरको लागि आवेदन परेको थियो । आइएमई लाइफले १ सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको हो ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ९ लाख ६० हजार जनाले मात्रै शेयर पाउनेछन् ।
कम्पनीले सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३६।९१ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३६।९१ रुपैयाँमा शेयर निष्काशन गरेको थियो ।