पछिल्लो २४ घण्टामा २६३६ जनामा कोरोेना संक्रमण पुष्टि, २० जनाको मृत्यु

१५ असार २०७८, मंगलवार १७:१८

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन हिजोको तुलमा आज संक्रमण संख्या बढेको हो ।

७२५९ पीसीआर परीक्षण गर्दा १७२८ र ४४८९ एन्टिजेन परीक्षण गर्दा ९०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालभर २० जनाको कोरोनाको कारण मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९०७१ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४३४८ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । हाल देशभर ३५ हजार ३१० जना सक्रिय संक्रमित रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*