डोटीस्थित सरस्वती माविका विद्यार्थीले पाए शैक्षिक तथा अध्ययन सामाग्री

राजन कठायत
२८ असार २०८०, बिहीबार १२:२५

काठमाडौं । डोटीको केआईसिँह गाँउपालिकास्थित सरस्वती माध्यमिक बिद्यालयका विद्यार्थीहरुले शैक्षिक तथा अध्ययन सहयोग सामाग्री पाएका छन् ।

नेपाल–नर्वे जनसम्पर्क समाजका अध्यक्ष तथा युवा नेता जितेन्द्र बिक्रम शाहीको उपस्थितीमा हेल्पिङ ह्याण्ड्स फर नेपाल–नर्वेले एक औपचारिक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्रि वितरण गरेको हो ।

बिद्यालयका १० जना जेहेनदार तथा आर्थिक अवस्था कमजोर भएका तर अध्ययनमा अब्बल रहेका बिद्यार्थीहरुले शैक्षिक सामग्री पाएका हुन् । बिद्यालयले विभिन्न राष्ट्रिय देखि अन्तराष्ट्रिय संस्थाहरुबाट विद्यार्थीहरुको सहजताको लागि छात्रबृद्धि तथा शैक्षिक सामाग्रि वितरणको लागि पहल गर्दै आएको छ ।

विद्यालयका प्रधानाध्यापक मिन बहादुर राणाले उक्त सहयोगले विद्यालयका जेहेनदार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको अध्ययनमा सहयोग पुुग्ने बताए । साथै, उनले हेल्पिङ ह्याण्ड्स फर नेपाल नर्वेका अध्यक्ष बिनोद बस्याल र  विद्यालयका भुतपुर्व विद्यार्थी जितेन्द्र बहादुर शाहीलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।

नेपाल–नर्वे जनसम्पर्क समाजका अध्यक्ष तथा युवा नेता जितेन्द्र बिक्रम शाहीले आफु अध्ययन गरेको र आफ्नो बाल्यकाल बितेको बिद्यालयलाई आफु आवद्ध रहेको संस्थाबाट अध्ययन सामाग्रि वितरण गर्न पाउदा खुशी महशुस भएको बताएका छन् । साथै उनले हेल्पिङ ह्याण्ड्स फर नेपाल–नर्वे संस्थाले नेपालमा रहेका विभिन्न विद्यालयका जेहेनदार, गरिब तथा आर्थिक स्थिति कमजोर भएका बिद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गर्दै आएको बताए ।

कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा केआई सिँह गाँउपालिका वडा नम्बर ५ का पुर्व वडा अध्यक्ष रामचन्द्र राणा, विद्यायलका प्रधानाध्यापक मिन बहादुर राणा, नेपाल–नर्वे जनसम्पर्कका अध्यक्ष जितेन्द्र बहादुर शाही, विद्यालयका लेखापाल गोबिन्द राणा, शिक्षक बहादुर राणा, कर्ण रावल, अभिन्द्र रावल, रघुनाथ जोशी, मिन राणा, कर्ण राणा लगायत सयौं विद्यार्थीको उपस्थिती रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*