यो साता सोल्टि होटल र हिमालयन लाइफको शेयर सर्वाधिक खरिदबिक्री हुनुको कारण यस्तो छ ? योजनाबद्ध ढंगबाट शेयर बेचिएको शंका
काठमाडौं । यो साता दुई कम्पनीको शेयर खरिदबिक्रि भएको देखिएको छ। सोल्टि होटल र हिमालयन लाइफको शेयर सर्वाधिक खरिदबिक्रि हुनुमा शंकाको घेरामा राखेर लगानीकर्ताहरुले हेरेका छन्।
हिमालयन लाइफको शेयर गत साता देखि नै सर्वाधिक खरिदबिक्रिको लिष्टमा रहेको छ। कारण कम्पनीको संस्थापक शेयरधनीले एकैपटक ठूलो मात्रामा शेयर खरिदबिक्रि गरेको कारण गत सातादेखि नै हिमालयन लाइफको टप १० को सर्वाधिकमा अडिग रह्न सफल भएको थियो ।
कम्पनीका प्रबन्ध निर्देशक शाहिल अग्रवालले २ साताको अवधिमा झण्डै २८ करोडको सेयर बेचेका छन् । अग्रवालसँग साविकको युनियन लाइफ इन्स्योरेन्सको १९ दशमलव ९३ प्रतिशत अर्थात् ३० करोड रुपैयाँको संस्थापक शेयर रहेको थियो ।कम्पनीको शेयर योजनाजद्ध ढंगबाट बेचिएको अर्कोतर्फको बुझाई छ। अग्रवालले ब्रोकर पनि शंकर गुप्रका एवं कम्पनीका सिईओ मनोजलाल कर्ण र युनियनतर्फको संचालकको सल्लाहमा उनले २७ करोडको शेयर बेचिएको कारण कम्पनीको सर्वाधिक खरिदबिक्रि भएको हो ।
अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार कर्णको श्रीमतीको ब्रोकरबाट भुकृटी स्टक ब्रोकर कम्पनीबाट एकैपटक बेचिएको बीमापोष्टलाई जानकारी प्राप्त भएको छ।
उनले कम्पनीका सीइओ मनोज कुमारला कर्णकी श्रीमति सुधा कर्ण अध्यक्ष रहेको भृकुटी स्टक ब्रोकिङ कम्पनी प्राइभेट लिमिटेड (ब्रोकर नम्बर ५५) बाट उक्त सेयर बिक्री गरेका हुन्।
अग्रवालले यो अवधिमा सेयर प्रतिकित्ता न्यूनतम ४९० रुपैयाँदेखि अधिकतम ५७४ रुपैयाँसम्ममा बिक्री गरेका छन् । अग्रवालले असार १२ गते ५० हजार ७२० रुपैयाँको सेयर बिक्री गरेका छन् । यस्तै असार १३ गते ११ करोड १० लाख, १७ गते ७ करोड ५१ लाख, २० गते १ करोड १५ लाख, २४ गते २ करोड ८० लाख र २५ गते आइतबार ५ करोड २० लाख रुपैयाँ बढीको सेयर बिक्री गरेका छन् । शाहिलका दाजु शुलभ अग्रवाल हिमालयन लाइफ इन्स्योरेन्समा अध्यक्ष छन् । युनियन लाइफमा पनि शुलभ नै अध्यक्ष थिए।
त्यस्तै, साता ट्रेडर फ्लोरसिटमार्फत आज सोल्टी होटेलको कारोबार हेर्दा अनलाइन सेक्युरिटिज ब्रोकर नं। ४९० बाट भएको कुल कारोबारको ४३ प्रतिशत अर्थात २ लाख ८८ हजार कित्ता सेयर खरिद भएको छ।
त्यसैगरी उक्त दिन यही ब्रोकरबाट सोल्टी होटेलको कुल कारोबारको ४९ प्रतिशत अर्थात ३ लाख ३१ हजार ८६५ कित्ता सेयर बिक्री भएको छ।
त्यस्तै, प्राइमो सेक्युरिटिज ९स्टक ब्रोकर नं। १६० बाट पनि सोल्टी होटेलको १ लाख ५१ हजार बढी कित्ता बिक्री भएको छ।
प्रिमियर सेक्युरिटिजस्टक ब्रोकर नं। ३२०मा भेटिएका एक पुराना लगानीकर्ताले पनि सोल्टी होटेलको करिब ५ लाख कित्ता सेयर खेतान समूहले बिक्री गरेको छ ।