प्रभु लाइफको भोलिदेखि शेयर कारोबार रोक्का रहने

२८ असार २०८०, बिहीबार १०:५५

काठमाडौं । प्रभु लाइफ लाइफ इन्स्योरेन्स लिमिटेडको भोलिदेखि शेयर कारोबार रोक्का रहने भएको छ । प्रभु लाइफ र महालक्षी लाइफले यही असार २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएसँगै इन्स्योरेन्सको शेयर कारोबार रोक्का हुने भएको हो ।

संस्थाहरु एकआपसमा गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका बमोजिम एकीकृत कारोबार पश्चात लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुन दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका लागि असार २९ गतेदेखि लागु हुने गरी शेयर कारोबार रोक्का राखिदिन इन्स्योरेन्सले नेप्सेसमक्ष अनुरोध गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*