सिटिजन लाइफ इन्स्योरेन्सको ललितपुरस्थित ठैव शाखाद्वारा बीमा दावी भुक्तानी

२७ असार २०८०, बुधबार १६:४८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको ठैव शाखाले प्राण घातक रोग अन्तर्गत १० लाख रुपैयाँकोे दावी भुक्तानी गरेको हो ।

कम्पनीले बीमित उमेर ३५ का गोदावरी नगरपालीका ५, लेले निवासी सुरज पन्थको १ महिना अगाडी सुमेरु अस्पतालमा किड्नी ट्रान्सप्लाण्ट गरिएको थियो । उनले २ बर्ष अगाडी जीवन बिमा संगै २० वटा प्राण घातक रोग विरुद्धको बीमा सुविधा पनि लिएका थिए ।

उक्त दावि भुक्तानी सिटिजन लाईफ इन्स्योरेन्सका शाखा प्रबन्धक सम्झना महर्जन र क्षेत्रीय शाखा प्रबन्धक मुरली भण्डारीले बीमित सुरज पन्थको निवासमै गएर उनको शिघ्र स्वस्थ्य लाभको कामना गर्दे चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा क्षेत्रीय शाखा प्रबन्धकले समाजमा बीमा कम्पनीको दावी प्रतिको नकारात्मक टिप्पा टिप्पणी चिर्दे बीमा कम्पनलीले नीति सम्मतमा कम्पनीको पहिलो प्राथमिकता नै सरल रुपमा दावी दिने कुरा बताए । उक्त कार्यक्रमा समाजका बुद्धिजिबी लगायत वडा कार्यलयका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।

 

One thought on “सिटिजन लाइफ इन्स्योरेन्सको ललितपुरस्थित ठैव शाखाद्वारा बीमा दावी भुक्तानी

  1. Bimal Ban says:

    that’s a greats work it can help to do insurance ane make secure ❤️

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*