नेशनल लाइफ इन्स्योरेन्सद्वारा ४ दिनमै बीमा दावी भुक्तानी

२५ असार २०८०, सोमबार १४:०७

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको कलन्की शाखाले आबश्यक सबै कागजात आइपुगेको ४ दिनमै मृत्युदाबी भुक्तानी गरेको जनाएको छ ।

जीबनबीमा गरेको १० महिना नबित्दै आगलागी दुर्घटनामा परी मृत्युबरण गरेका बीमितका आफन्तलाई नेशनल लाईफ कलन्की अफिसका प्रमुख रामचन्द्र घिमिरेले रकम हस्तान्तरण गरेका हुन् ।

४ लाख रुपैयाको बीमा गरेका बीमितको परिबारले जीबन बीमा बापत चार लाख र दुर्घटना बीमा बापत ४ लाख गरि ८ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

One thought on “नेशनल लाइफ इन्स्योरेन्सद्वारा ४ दिनमै बीमा दावी भुक्तानी

  1. dhan says:

    सबै को लागि सदैको लागि इन्स्योरेन्स नेशनल लाईफ इन्स्योरेन्स । जय नेशनल लाईफ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*