साना किसान र आरएमडीसी लघुवित्तको शेयर कारोबार रोक्का, कहिले खुल्छ कारोबार ?

२२ असार २०८०, शुक्रबार १३:५९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले असार २४ गतेदेखि लागु हुने गरी सेयर कारोबार रोक्का गरेकोे हो ।
साना किसान र आरएमडीसी लघुवित्त वित्तीय संस्था मर्ज भई असार २४ गतेदेखि एकीकृत कारोबार गर्दैछन् ।

मर्जरपश्चात् साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुई कम्पनीको शेयर असार २४ गतेको एकीकृत कारोबार पछि आवश्यक प्रक्रिया पूरा भई खुल्नेछ । यसको लागि केही दिन समय लाग्न सक्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*