काम गर्न विदेश जान पैसा छैन ? ग्लोबल आइएमई बैंकले दिनेछ डेढ लाख सम्म ऋण
काठमाडौं । तपाई पैसा कमाउन विदेश जाने सोच्नु भएको छ ? साथमा पैसा छैन कसरी जाने भनेर चिन्तित हुनुहुन्छ भने अब त्यस्तो चिन्ता ग्लोबल आईएमई बैंकले हटाउने भएको छ । नेपालकै सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आइएमई ग्रुपको मुख्य लगानी रहेको ग्लोबल आइएमई बैंकले बैदेशिक रोजगारका लागि विदेश जान चाहने श्रमिकको लागि ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा’ कार्यक्रम ल्याएको छ ।
यस योजनाअन्तर्गत रोजगारका लागि विदेशिने श्रमिकलाई ५० हजारदेखि एक लाख ५० हजारसम्मको कर्जा बिनाधितो प्रदान गरिनेछ । यो कर्जा १२.८० प्रतिशतको स्थिर ब्याजदरमा पाइने बैंकले जनाएको छ । बैंकका अनुसार विदेश जान चाहने श्रमिकहरुलाई लक्षित गरेर यस्तो ऋण दिन लागिएको हो । बैंकले श्रम स्वीकृतिका आधारमा उक्त ऋण विदेश जानको लागि म्यानपावर कम्पनीलाई भुक्तानी गर्न र नेपालबाट विदेश उड्दा लाग्ने खर्च भुक्तानी गर्नको लागि दिनेछ ।
२१ वर्ष पूरा भएका र सरकारबाट श्रम स्विकृति प्राप्त गरी वैदेशिक रोजगारीमा जान लागेका व्यक्तिले ग्लोबल आइएमई बैंकमार्फत तथा आईएमई पे वालेटबाट आवेदन दिएमा कर्जा पाउने बैंकले जनाएको छ ।
बैंकले मलेसिया, कतार, साउदी अरब, ओमान, युएई, जापान, दक्षिण कोरिया लगायतका अन्य प्रचलित देशहरुमा वैदेशिक रोजगारीका लागि जानेहरुलाई प्राथमिकतामा राखि कर्जा दिनेछ । कर्जाको अवधि भने १८ महिनाको हुनेछ ।
पोलाईन जानको लागि मलाई पनि चाहियो सर
खाड़ी या मलेशिया जान सरकारले सुन्य लागत वा रु 10,000.00 मात्र भनेछ। तर म्यानपावर कंपनीले मलेशिया जान रु 300000.00 सम्म लिनछन।
यो बैंकको हल्ला गर्ने काम मात्र हो।
Good
बिदेश जानको लागि
M malaysia jadei chu sir taitanik menpawer bat
malaysia janlai paisa chai m lai 150000 nepali rupaiya diyer madat gardinu m seleri aaye ko din mahina ko 26 -30 tarik sam paisa nepal pathauchu sir
[email protected]
9810504250
मलाई पनि रकम को खाचो छ ।
कल मी
9813887283
मलाई pani लोन chaiyo
मलाई ऋण चाहिएको छ । कसरी लिने प्रक्रिया सिकाउनु पर्यो ।