जन्मदिनको अवसरमा खरेलले दिए सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रमा विभिन्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ ।
सोही कुरालाई आत्मसाथ गर्दै बुटवल ६, चाँदवारी निवासी सन्तोष खरेलले आफ्नो श्रीमती सिर्जना आचार्यलाई जन्मदिनको अवसर पारेर सिटिजन लाइफ इन्स्योरेन्सको जिवन बीमा पोलिसी उपहार दिएका छन । खरेलले जीवनसंगिनी सिर्जनाको जन्मदिनको विषेश दिन पारेर उपहार स्वरुप १ करोड ३० लाख रुपैयाँको जिवन बीमा पोलिसी उपहार दिएका हुन ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी फर्साटिकर शाखाबाट जिवन बीमा पोलिसी खरिद गरी जन्म दिनको अवसरमा बिमा हस्तान्तरण गरेका खरेलले महंगा गरगहना तथा अन्य उपभोग्य बस्तुमा गरिने खर्च भन्दा आफू र आफ्ना भावी पुस्ताको लागि समेत उपयोगी हुने गरी जीवन बीमा पोलिसी उपहार दिएको बताएका छन् । उनले खरिद गरेको बिमा पोलिसीमा २० ओटा घातक रोग सुविधा र दुई गुणा बिमांक लाभ सहित थत ५ ओटा अन्य अतिरिक्त सुविधाहरु रहेको शाखाका प्रमुख उत्तम परियारले बताए ।
उनकी श्रीमती सिर्जना आचार्यका अनुसार बिषेश समारोहहरुमा अनावश्यक खर्च गर्नुभन्दा जिवन बिमाले आफ्नो अर्थिक समृद्धिमा सहायता पुर्याउनुका साथै सुरक्षित भविषय निर्माण हुने विश्वास लिएकी छन ।
खरेल आफ्ने जागिरे जिवनबाट अवकास लिएर बीमा अभिकर्ताको रुपमा कार्यरत छन । आफ्नो व्यापार संगसंगै बिमा क्षेत्रमा सफल हुनेगरी अगाढी बढेका उनले आफु र आफ्ना साथी भाई, इस्टमित्रहरुलाई जिवन बिमा गराई सुरक्षीत भविष्यको लागी उचित रकम जम्मा गरी आर्थिक समृद्धि तर्फ लैजान जोड दिने खरेल बताउछन ।