प्रभु लाइफ र महालक्ष्मी लाइफलाई बीमा प्राधिकरणको मर्जरको अन्तिम स्वीकृती, कहिले होला एकिकृत कारोबार ?

१९ असार २०८०, मंगलवार १९:४६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई मर्जरको अन्तिम स्वीकृती दिएको छ।बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले लामो समयदेखि छलफलमा रहेको प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई मर्जरको अन्तिम स्वीकृती दिएको हो ।

कम्पनीले यसअघि दुई कम्पनी एक आपसमा संयुक्त रुपमा कारोबार भएपश्चात् बीमितहरुको लागि जारी गरिने पोलिसी समेत तयार पारिसकेका छन् ।

प्रमु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्सले मर्जर भएर एकीकृत कारोबार गर्नुपूर्व नै विभिन्न बिमा योजना सार्वजनिक गरेका छन् ।

असारभित्रै मर्जर भई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नाममा एकीकृत कारोबार गर्ने दाबीसहित दुवै कम्पनीले संयुक्त रूपमा नयाँ बीमा योजनाहरू घोषणा गरेका हुन् ।

दुवै कम्पनीका विज्ञ कर्मचारीहरूको अध्ययन विश्लेषणपछि साउन १ गतेबाट बिक्री–वितरणका लागि १५ वटा बिमा योजनाहरू (प्रोडक्ट) छनोट भएको दुवै कम्पनीले जारी गरेको कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*