६६ प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको एनएलजी इन्स्योरेन्समा लगानीकर्ता झुम्मिए, सर्वाधिक खरिद बिक्रीको लिस्टमा
१९ असार २०८०, मंगलवार १२:३५
काठमाडौं । मंललबार शेयर कारोबार खुलेकोे केहि समयमा नै एनएलजि इन्स्योरेन्स कम्पनीको सर्बाधिक कारोबार भैरहेको छ । आज कम्पनीको शेयरमा लगानीकर्ताको सर्वाधिक आकर्षण बढेको छ ।
कम्पनीले ६६ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि नियमनकारी निकाय बीमा प्राधिकरणबाट अनुमति पाएपश्चात कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको बुझ्न सकिन्छ ।
आज शेयर बजारमा कम्पनीको सर्वाधिक कारोबार भैरहेको छ । अहिलेसम्म कम्पनीको ६ करोड ७९ लाख बढी रुपैयाँका शेयर कारोबार भैसकेको छ । कम्पनीको शेयर आज प्रतिकित्ता ८८९ रुपैयाँका दरले खरिद बिक्री भैरहेको छ ।