सूर्यज्योति लाइफद्वारा सातै प्रदेशबाट कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
१७ असार २०८०, आईतवार १५:४४
काठमाडौं । सूर्यज्योलि लाइफ इन्स्योरेन्स कम्पनीले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै सातै प्रदेशबाट शाखा प्रमुख पदमा केही संख्याले कर्मचारी माग गरेको हो ।
कम्पनीले जारी गरेको सूचना अनुसार सो पदमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट कम्तिमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । साथै, बीमा, बैंक तथा वित्तीय संस्थामा कम्तिमा १ वर्ष वा बिक्री तथा बजार ब्यवस्थापनको क्षेत्रमा कम्तिमा २ वर्ष कार्य गरेको अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।
इच्छुक उम्मेदवारले संस्थाको वेभसाइट मार्फत https://suryajyotilife.com/vacancy आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।