बीमा नियमावली चित्त नबुझेपछि बीमा सर्भेयरहरूले दर्ता गरे लिखित असहमति, संशाेधन नभए काम नगर्ने चेतावनी
काठमाडाैं । बीमा सर्भेयरहरूकाे साझा संस्था नेपाल सर्भेयर एशाेसिएशनले नियामक निकायले एक पक्षिय रूपमा तयार गरेकाे बीमा नियमावलीमाथि लिखित रूपमा असहमति जनाएकाे छ । संघले आज नियामक निकाय बीमा प्राधिकरणमा बीमा नियमावलीकाे मस्याैदामाथि असहमति पत्र दर्ता गराएकाे छ ।
प्राधिकरणले मस्याैदा तयार गर्दा केही सिमित कम्पनीहरूसंग मात्रै बसेर तयार गरेकाेले नियमावलीमाथि चाैतर्फी विराेध भइरहेकाे छ । सर्भेयर संघले आज १७ बुँदे सुझाव दर्ता गराएकाे छ ।
सर्भेयर एशोसिएशनले आफ्ना मागहरु बीमा प्राधिकरण र सरकारले पूरा नगरे बीमाको क्षति मूल्याङ्कन नै रोक्नेसम्म चेतावनी दिएको छ । बीमापोष्टको सम्पर्कमा आएका एक सर्भेयरका अनुसार प्राधिकरणले बीमा ऐन विपरित अनैतिक तरिकाले सर्भेयरलाई काम लगाउन खोजेको आरोप लगाएका छन् ।
प्राधिकरणमा दक्ष जनशक्तिको आभावमा बीमा क्षेत्रको दीगो विकास हुने गरी बीमा नियमावली बनाउन नसकेको छैन । झारा टार्ने गरी तयार पारिएको नियमावलीको अभिकर्ता, बीमित र सर्भेयरहरुले विरोध गर्दै आएका छन् । बीमितमैत्री भन्दा पनि कम्पनीमैत्री बीमा नियमावली बनाएको आरोप प्राधिकरणमाथि लाग्दै आएको छ ।