नयाँ लघुबीमा पोलिसीको फाईल बीमा प्राधिकरणमा, स्वदेशमा बीमाङ्की नहुँदा लघुजीवन बीमा पोलिसी स्वीकृतमा ढिलाई
काठमाडौं । सात लघुबीमा कम्पनीहरको बीमा पोलिसीको फाइल लघुबीमा कम्पनीहरको पोलिसीको फाईल बीमा प्राधिकरणमा पुगेको छ। नेपाल बीमा प्राधिकरणले सात लघुबीमा कम्पनीहरुलाई लाइसेन्स प्रदान गरिसकेको छ बाँकिले आवश्यक प्रकृया पुराएर लाईसेन्स लिने तयारीमा रहेका छन् ।
बीमा पोलिसी बनाउन समय लाग्दा सबै भौतिक काम र व्यवस्थापनको काम सकिसक्दा पनि सात महिनाको समय बितिसक्दा पनि संचालनमा आउन सकेका छैनन् । आफनो जिल्लामा कतिपय कम्पनीहरुले लघुबीमा कम्पनी संचालनमा आईसकेका छन् । केहीले आवश्यक तयारी गरिरहेका छन् ।
यसमा लाइफ र ननलाईफ दुईवटा हुन्छन् । ननलाईफलाई भन्दा लाइफमा केही समय लाग्ने भएको जीवन बीमा लघुबीमा कम्पनीका सिईओहरुको धारणा रहेको छ। एक्चुर िभ्यालुएसके लागि भारतको भर पनुपर्ने भएको कारण पनि यसमा केही समय खर्च हुने उनीहरुको भनाई छ।
यती पोलिसीमा केही त्रुटी भए पुन भारतमै पठाउनुपर्ने बाध्यता लघु लाइफलाई रहेको छ । यो लघुबीमा कम्पनीहरुले मात्रै भोग्दै आएको पिडा हैन । हाल नेपालमा संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमा पनि एक्चुरीको समस्या अहिलेसम्म नै छ ।
नेपालमै एक्चुरी अध्यापन हुने भएपनि पूरा कोर्स नभएको कारण समस्या भईरहेको बीमा विज्ञहरु बताँउछन् । हाल नेपालमै उत्पादनमा भएका एक्चुरीहरु नेपाल पुनर्बीमादेखि बीमा कम्पनीहरुसम्म काम गर्दै आईरहेका छन् ।
बीमा प्राधिकारणको निर्देशनअनुसार लाइसेन्स पाएका लघुबिमा कम्पनीहरुले चालु आर्थिक वर्षभित्र नै कारोबार सञ्चालन गर्नुपर्छ । बीमा प्राधिकारणका कार्यकारी निर्देशक राजु रमण पौडेलले असार मसान्तभित्र नै कारोबार सञ्चालन गर्ने गरी लघुबिमा कम्पनीहरुले काम गरिरहेको बताए ।‘
अहिलेसम्म केही लघुबीमा कम्पनीहरुले कार्यालय स्थापना गरेर असार मसान्तभित्रमा कारोबार सञ्चालन गर्ने तरखरमा छन् । बाँकिको पनि प्रकृया हुँदैछ, उनले भने । लघुजीवन बिमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स र लिबर्टी माइक्रो लाइफ इन्सुरेन्सले लघुबिमाको लाइसेन्स पाएका हुन् ।
लघुबीमक संस्थापन तथा दर्ता सम्बन्धी निर्देशिकामा लघुबिमकको कर्पोरेट कार्यालय काठमाडौं उपत्यका बाहिर हुनुपर्ने व्यवस्था छ । सोही बमोजिम प्राधिकरणले गार्डियन माइक्रो लाइफलाई प्रदेश १ को मोरङ जिल्लास्थित विराटनगरमा, क्रेष्ट माइक्रो लाइफलाई कर्णाली प्रदेशको सुर्खेत, विरेन्द्रनगरमा र लिबर्टी माइक्रो लाइफलाई गण्डकी प्रदेशको कास्की, पोखरामा मुख्य कार्यालय रहनेगरी अनुमति दिएको हो ।
त्यस्तै, लघुनिर्जीवन बिमा व्यवसायतर्फ ट्रष्ट माइक्रो इन्सुरेन्स कम्पनी, नेपाल माइक्रो इन्सुरेन्स कम्पनी, स्टार माइक्रो इन्सुरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्सुरेन्सले लघु बीमाको लाइसेन्स पाएका छन् । प्राधिकरणले लघु निर्जीवन बिमातर्फ ट्रष्ट माइक्रोलाई लुम्बिनी प्रदेशको बुटवल, नेपाल माइक्रोलाई बागमती प्रदेशको चितवन, स्टार माइक्रोलाई मधेश प्रदेशको जनकपुर र प्रोटेक्टिभ माइक्रोलाई सुदुरपश्चिम प्रदेशको जिम्मेवारी दिएको छ ।
प्राधिकरणले लघुबीमा कम्पनीको लागि ७५ करोड रुपैयाँ न्यूनतम चुक्ता पूँजी निर्धारण गरेको छ । जसमा संस्थापक समूहका सेयरधनीको हिस्सा न्यूनतम ५१% हुनुपर्ने र न्यूनतम ३०% सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने व्यवस्था रहेको छ ।
यस्तै, बढीमा ५% सेयर कर्मचारीका लागि छुट्याउनुपर्नेछ । उक्त व्यवस्थाअनुसार कम्पनीहरुले आइपीओ जारी गर्नु पर्छ ।तर, कम्पनी सञ्चालनमा आएको कम्तीमा एक वर्ष पुगेपछि मात्र सर्वसाधारणमा सेयर जारी गर्न पाउने कम्पनी ऐनको व्यवस्था रहेको छ । फलस्वरुप लघुबिमा कम्पनीले आइपीओ जारी गर्न अझै पर्खनु पर्ने देखिन्छ ।