राष्ट्र बैंकद्वारा समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनको लागि कर्मचारी माग
१४ असार २०८०, बिहीबार ११:३२
काठमाडौं । नेपाल राष्ट्र बैंकले दरखास्त आह्वान गरेको छ । बैंकले समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन र संचालनका लागि दुुई जना कर्मचारी माग गरेको हो ।
बैंकले संयोजक र सदस्यमा १ जनाका दरले दरखास्त आह्वान गरेको छ । बैंकले प्रकाशित गरेको सूचना अनुसार सो पदहरुमा आवेदन दिनको लागि सम्बन्धित विषयहरुमा स्नातक तह उत्तिर्ण गरेको र पाँच बर्षको कार्य अनुभव प्राप्त गरेको हुनुपर्ने छ ।
बैंकले संयोजकलाई १ लाख ९० हजार र सदस्यलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।