अनलाइनमार्फत सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न चार जना पक्राउ

१३ असार २०८०, बुधबार १४:३५

काठमाडौं । नेपाल प्रहरीले विभिन्न अनलाइनमार्फत सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न चार जनालाई पक्राउ गरेको छ । प्रहरीले अनलाइन ग्याम्बलिङ अनलाइन क्यासिनो गेमहरुमा अनलाइन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखि रकमको बाजी लगाई सट्टाबाजी गराई खेल खेलाउने कार्यमा संलग्न रहेको भन्दै चार जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बारा जिल्ला घर भई हाल काठमाडौं बस्ने राजा चौधरी र विबेक चौधरी, काठमाडौं ठमेल बस्ने रितेन्द्र प्रधान र नवलपरासी घर भई हाल काठमाडौं बस्ने आशा गुरुङ रहेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरुले आफ्नो मोबाइलमा इन्स्टल भएको २ एकाउन्टस् भन्ने एप्लिकेशन मार्फत विभिन्न अनलाइन ग्याम्बलिङ प्ल्याटफर्मको प्रयोग गरी अनलाइन क्यासिनो गेमहरुमा रकम सट्टाबाजी गर्न लगाइ खेल खेलाउने गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाइ अहिले आवश्यक कारबाही एवम् अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*