फिफिअ अनलाईन ठगीधन्दा मौलाउँदै, हजारौं नेपालीले नेटवर्किङमार्फत अर्बौ रुपैयाँ डुबाए
काठमाडौं । हङ्कङको एक महिलाको लगानीमा सञ्चालित फिफिअ (फिफा) नामक अनलाईन वेटिङको नाममा हजारौं नेपालीबाट अर्बौ रुपैयाँ ठगी भइरहेको तथ्य बीमापोष्टले फेला पारेको छ ।
हङ्कङकी जिया मेग्कान नामक युवतीले स्थापना गरेको फिफिअ नामक अनलाईन ठगी धन्दाको काम नेपालमा जीवन श्रेष्ठसहितका व्यक्तिहरुले सम्हालेको पाइएको छ । नेपालमा प्रतिबन्धित नेटवकिङ् धन्दासहित सञ्चालित सो फिफिअ नामक अनलाईन बेटिङ ठगी धन्दामा हजारौं नेपालीहरुले अर्बौ रुपैयाँ फसाइसकेको तथ्य प्राप्त भएको छ । प्राप्त विवरण अनुसार उनीहरुले काठमाडौको चाबहिलस्थित केएल टावरमा रहेको स्मार्ट प्यालेस नामक होटललाई केन्द्रबिन्दु बनाएर उनीहरुले ठगी धन्दा चलाइरहेको बुझिएको छ ।
उनीहरुले नेपाली विभिन्न व्यक्तिको खातामा पैसा जम्मा गर्न लगाएर फिफिअ एपमा २४ घण्टाभित्रमा ब्यालेन्स देखाई कारोबार गराउँदै आएका छन् । साथै खेलमा जितेको रकम सजिलै निकाल्न मिल्ने भन्दै धमाधम एप डाउनलोड गर्न लगाएर रकम जम्मा गराउँदै आएको खुलेको छ ।
बीमापोष्टलाई प्राप्त सूचना अनुसार उक्त कार्यबाट संकलित रकम हङ्कङ पुर्याउने गरिएको छ । सो कार्यमा संलग्न व्यक्तिहरुबाट प्राप्त सूचना अनुसार हालसम्म करिब दुई अर्ब रुपैयाँ नेपालबाट बाहिरिएको छ । सुरु सुरुमा जितेको भन्दै रकम पठाएर थप लगानी गर्न प्रोत्साहन गर्ने र निश्चित समयपछि पैसा फिर्ता नगरी ठगी गर्ने गरिएको छ ।
उक्त गिरोहले नेटवर्किङको माध्यमबाट सदस्य बनाउँदै ठगी गर्दै आएका छन् । सुरुमा सदस्य बन्ने वित्तिकै नेपाली ३०० रुपैयाँ बोनस दिने भन्दै सुरु हुने ठगी धन्दामा तीन वटा लेयरमा नेटवर्किङको ठगी धन्दा समेत चलाइएको छ ।
उक्त गिरोहले काठमाडौंको चाबहिलमा सार्वजनिक रुपमा नै सेमिनार सञ्चालन गरेको पाइएको छ । नेपालका सयौं युवाहरु सो कार्यक्रममा सहभागी भएको समेत तथ्य खुलेको छ । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले अनलाईन ग्याम्बलिङ सम्बन्धी सबै कार्यहरु गैर कानुनी भएको बताए । उनले त्यस्तो कार्यमा लाग्नु रकम र समय बर्वाद हुने भएकोले आम नागरिकलाई सचेत हुन आग्रह गर्दै फिफिअको र्याकेट जतिसक्दो छिटो ध्वस्त पारिने बताए ।
हङ्कङकी जिया मेग्कान
फिफिअले नेपालमा गरेको सेमिनारमा सहभागी मुख्य योजनाकार जीवन श्रेष्ठलगायतका ।
https://www.youtube.com/watch?v=–gujclX4FA
Fast withdrawal problem solv