एशियन लाइफ इन्स्योरेन्सले २ देखि ३ रोपनी घर तथा जग्गा खरिद गर्दै

१३ असार २०८०, बुधबार १२:४९

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं र ललितपुरमध्ये एक ठाउँमा घर खरिद गर्ने भएको छ।

कम्पनीले काठमाण्डौं महानगरपालिका वा ललितपुर महानगरपालिका वरपर, रिङ्गरोडभित्र वा रिङ्गरोडसँग जोडिएको क्षेत्रमा २ देखि ३ रोपनी घर तथा जग्गा खरिद गर्ने भएको छ।

नेपाल बीमा प्राधिकरणबाट जारी भएको जीवन बीमकको एकीकृत निर्देशिका २०७९ को अधिनमा रही घर र जग्गा खरिद गर्न लागेको कम्पनीले जनाएको छ ।
घरजग्गा बिक्री गर्न ईच्छुक व्यक्ति र संघ संस्थाहरुले कम्पनीको प्रधान कार्यालय एशियन लाईफ भवन मैतीदेवीमा शिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*