एभरेष्ट बैंकद्वारा विभिन्न पदमा कर्मचारी माग, यसरी दिनुस् सजिलै आवेदन
१३ असार २०८०, बुधबार १०:०५
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा रोजगारको अवसर खुलाएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ४ पदमा कर्मचारी माग गरेको हो ।
बैंकले आईएसओ पदमा १ जना र विभिन्न विभागको अफिसर पदमा ३ जना कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि सम्बन्धित पदमा स्नातक तह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार इच्छुक उम्मेदवारले बैंकको वेभसाईट https://everestbankltd.com/careers/ मार्फत आवेदन दिन सक्नेछन् ।