जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन १५ प्रतिशतले बढ्यो, आर्थिक मन्दी र सरेण्डरको प्रभाव घट्दै (सूचीसहित)
काठमाडौं । गत आर्थिक वर्षको तूलनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन १५.१५ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ८५ अर्ब ६१ करोड ९० लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा ९८ अर्ब ५९ करोड २७ लाख रुपैयाँ कमाउन सफल भएको छन् ।
अघिल्ला आर्थिक वर्षझै जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शूल्क नघटेको प्राधिकरणको तथ्यांकले देखाएको छ । बीमा प्रतिको आम बुझाई र अभिकर्ताहरुको उचित परामर्शसहितको बीमा पोलिसी बिक्रीको कारण कम्पनीहरुको नविकरण बीमाशूल्क आर्जन नघटेको देखिएको छ । यस अघि बीमा पोलिसी सरेण्डर र आर्थिक मन्दीको कारण नविकरण बीमाशुल्क आर्जनमा ह्रास आएको थियो । यस बर्ष भने जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जनमा सुधार आएको देखिएको छ ।
बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आर्थिक बर्षको संचालनमा रहेका १५ जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क बढेको छ ।
समिक्षा अवधिसम्ममा गत आर्थिक वर्षको तुलनामा मर्जर प्रक्रियामा रहेको महालक्ष्मी लाइफको नविकरण बीमा शुल्क आर्जन सर्वाधिक बढेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नविकरण बीमाशुल्क ५६।३२ प्रतिशतले बढेको छ ।
दोस्रो नम्बरमा रहेको प्रभु लाइफको बीमाशूल्क ५४.२५ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा कुल १ अर्ब २८ करोड ५६ लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
तेस्रो नम्बरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । गत आवको तुलनामा कम्पनीको नविकरण बीमा शूल्क ४७.५५ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको जेठ महिनासम्ममा २ अर्ब १ करोड ६० लाख रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गरेको छ ।
समिक्षा अवधिसम्ममा सूूर्यज्योति लाइफ, नेपाल लाइफ, प्रभु लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, आइएमई लाइफ र सिटिजन लाइफलको नविकरण बीमा शूल्क गत आर्थिक वर्षको तुलनामा बढेको छ ।