सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी

१२ असार २०८०, मंगलवार १७:३४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले कैलालीमा एक कार्यक्रम आयोजित गरी श्रीमती इन्द्रा देवी खत्रीलाई बीमा दावी भुक्तानी गरेको हो ।

बीमित स्व. शिव प्रसाद खत्रीको बीमालेख अन्तर्गत रही बैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका खत्रीको गत बैशाख १८ गते मलेसियामा मृत्यु भएको थियो ।

बीमितले ईच्छाएको व्यक्ति निजको श्रीमती इन्द्रा देवी खत्रीलाई किरीया खर्च, बीमाङ्क रकम, अन्य आय नोक्सानी, शव ढुवानी खर्च गरी चौध लाखको चेक रकम कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीद्वारा यही असार १२ गते सो कार्यक्रमकाबीच भुक्तानी गरिएको हो ।

यसका साथै उक्त मृत्युदावी रकम भुक्तानी कार्यक्रममा आम सर्वसाधारणको बाक्लो उपस्थिति रहेको त्यस कार्यक्रममा जैसीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश समेत पारेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*