चिनियाँ खर्बपति ज्याक मा काठमाडौंमा

१२ असार २०८०, मंगलवार १६:२९

काठमाडौं । चर्चित इ–कमर्स कम्पनी अलिबाबाका संस्थापक चिनियाँ उद्यमी तथा धनाढ्य ज्याक मा आज विशेष विमानबाट नेपाल आएका छन् । मंगलबार दिउँसो हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्ड गरी उनी काठमाडौं पुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीसहितको सात जनाको टोली काठमाडौंको नक्सालस्थित मेरियट होटलमा पुगेका छन् ।

अलिबाबाको स्वामित्व नेपाली इ–कमर्स कम्पनी दराजमा समेत छ । संभवतः आजसम्म यति धनाढ्य कम्पनीका मालिक कोही पनि नेपाल आएका थिएनन् ।

बैदेशिक लगानी आओस्, नयॉ कम्पनी खुलोस्, धेरै नेपालीले रोजगारी पाओस्, निर्यात बढोस् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*