बालुवाटार जग्गा काण्डका मुख्य योजनाकार भाटभटेनीका मालिक मिन बहादुर गुरुङ पक्राउ

१२ असार २०८०, मंगलवार ११:५८

काठमाडौं । बालुवाटार जग्गा काण्डका मुख्य अभियुक्त भाटभटेनीका सञ्चालक मिन बहादुर गुरुङ पक्राउ परेका छन् । गुरुङ चर्चित बालुवाटार काण्डका मुख्य अभियुक्तका रुपमा रहेका थिए । उनको ठूलो गोदाम अझै पनि बालुवाटारमा प्रधानमन्त्री निवास र सभामुख निवास पछाडि रहेको थियो ।

भाटभटेनीका सञ्चालक गुरुङको पक्राउसँगै अब चर्चित बालुवाटार जग्गा घोटाला काण्ड पनि अघि बढेको छ ।

उनी प्रहरीको फरार सूचिमा रहेका थिए । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले पक्राउ गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*