बैशाखको तुलनामा बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ११ प्रतिशतले बढ्यो, ४ कम्पनीको घट्यो (सूचीसहित)

११ असार २०८०, सोमबार १९:२१

काठमाडौं । गत महिनाको तूलनामा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ११ प्रतिशतले बृद्धि भएको छ। अघिल्लो  महिनामा ९ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले यस महिनामा १० अर्ब ४३ करोड रुपैयाँ पुराउन सफल भएको छ।

बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत महिनाको तुलनामा १५ जीवन बीमा कम्पनीहरुमध्ये ११ कम्पनीको बीमा व्यवसाय बढेको र बाँकि ४ कम्पनीको घटेको छ ।

समिक्षा अवधिसम्ममा गत महिनाको तुलनामा नेशनल लाइफको बीमा शुल्क आर्जन सर्वाधिक बढेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको बीमाशूल्क ६३।८५ प्रतिशतले बढेको छ ।

दोस्रो नम्बरमा रहेको सानिमा रिलायन्स लाइफको बीमाशूल्क ३२।६७ प्रतिशतले बढेको छ । कम्पनीले जेठ महिनामा कुल ४५ करोड १७ लाख रुपैयाँ बीमाशूल्क आर्जन गर्न सफल भएको छ ।

तेस्रो नम्बरमा मेट लाइफ इन्स्योरेन्स रहेको छ । गत महिनाको तुलनामा कम्पनीको कुल बीमा शूल्क २५ प्रतिशतले बढेको छ । कम्पनीले जेठ महिनामा ४९ करोड ९० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

समिक्षा अवधिसम्ममा सूूर्यज्योति लाइफ, नेपाल लाइफ, प्रभु लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, आइएमई लाइफ र सिटिजन लाइफलको बीमा ब्यवसाय गत महिनाको तुलनामा बढेको छ ।
यसका साथै, गत महिनाको तूलनामा सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको व्यवसाय सर्वाधिक घटेृको छ । संस्थानको व्यवसाय ४०।२२ प्रतिशतले घटेर २८ करोड ५९ लाख रुपैयाँमा सीमित रहेको छ ।

त्यस्तै, एशियन लाइफ, हिमालयन लाइफ र महालक्ष्मी लाइफको बीमा व्यवसाय गत महिनाको तुलनामा घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*