असारको दोस्रो साता ‘आइएमई पे’मा टीभी र इन्टरनेटमा प्रोमोकोडको वर्षा

११ असार २०८०, सोमबार १५:४४

काठमाडौ । ‘आइएमई पे’ले टीभी र इन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ ।

उक्त अफर आज असार ११ गतेदेखि असार १६ गतेसम्म एक हप्ताका लागि चल्नेछ। यस अफरअन्तर्गत ग्राहकले आइएमई पेमार्फत टीभी र इन्टरनेटको बिल भुक्तानी गर्दा प्रोमोकोडको प्रयोग गरी रु. १५० सम्म १०% छुट पाउने कम्पनीले जनाएको छ । एक हप्ताको अन्तरालभरिमा ग्राहकले सो प्रोमोकोड एकपटकमात्र प्रयोग गर्न पाउनेछन्।

‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पे’मा क्यासब्याकको वर्षा नामक अभियानको यो निरन्तरता हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*