डिसहोममा १ वर्षको रिचार्ज गर्दा २ वर्ष टिभी हेर्न पाइने

११ असार २०८०, सोमबार १५:३५

काठमाडौं । डिसहोममा १ वर्षको रिचार्ज गर्दा २४ महिना हेर्न पाईने भएको छ । ग्राहकहरुको विशेष आग्रहमा कम्पनीले फेरी यो योजना संचालनमा ल्याएको हो ।

उक्त योजना अन्तर्गत डिसहोम  डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत बार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । यो योजना नेपालभर सीमित अवधिको लागी लागू हुनेछ ।

विगत १४ वर्ष देखि डिस मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल रहेको छ । डिसहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरु संगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको छ जस अनुसार डिसहोमले ग्राहकहरुलाई विभिन्न योजना मार्फत विभिन्न समयमा छुट तथा विविध अफरहरु प्रदान गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*