सानिमा रिलायन्स लाइफको बीमालेख पूनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट
११ असार २०८०, सोमबार १४:४९
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ ।
उक्त पुनर्जागरण अभियान यही असार ११ गते देखि २८ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।
कुनै पनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्कपनि ब्यहोर्नपर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।