नयाँ लाइसेन्स पाएका चार लघु बीमा कम्पनीहरु नयाँ पोलिसी बनाउदै, शुभारम्भको अन्तिम चरणमा
काठमाडौं । नयाँ लाइसेन्स पाएका चार लघु बीमा कम्पनीहरुले आवश्यक मापदण्ड पूरा गरेर व्यवसाय शुभारम्भको तयारी गरिरहेका छन् । गार्डियन माक्रोइन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ र प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्स कम्पनीले व्यवसाय शुभारम्भको तयारी अन्तिम चरणमा पुगेको छ ।
कम्पनी रजिष्ट्रार कार्यालय बीमा ऐनको मापदण्डमा रहेर यी कम्पनीहरुले सिईओ र कर्मचारी नियुक्त गर्दै प्रकृया अघि बढिसकेको छ भने हाल पोलिसी पारित गर्ने प्रकृयामा रहेको लघुबीमा कम्पनीहरु रहेका छन् ।
निर्जिवन लघुबीमामा भन्दा पनि निर्जिवन लघुबीमा कम्पनीहरुको शुभारम्भ ढिला हुने लघुबीमा लाइफतर्फका सिईओहरु बताँउछन् । एक्चुरी मार्फत प्रस्ताव अन्तिम भएपछि बीमा प्राधिकरणले पारित गरेपछि मात्रै शुभारम्भ हुने हुँदा यसमा केही लामो प्रकृया लाग्ने देखिन्छ ।
पहिलो चरणमार्फत यी कम्पनीहरुले सम्पूर्ण प्रकृया सकेर चार वटै कम्पनीले बीमा पोलिसी स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश गरेका छन् ।प्राधिकरणको एक्चुरीले पोलिसी स्वीकृत गर्ने वित्तीकै उनिहरुले व्यवसाय शुभारम्भ गर्ने छन् । लघुबीमा निर्देशिकामा युएनडिपीले पनि प्राविधिक रुपमा सहयोगमा हाल बन्दैछ ।
पुरानो ऐन अन्तर्गतको बीमाले काम नगर्ने भन्दै प्राधिकरणले युएनडिपीलाई प्राविधिक सहयोगको रुपमा राख्न लगाएर हाल उक्त ड्राफट तयार हुँदैछ ।
प्राधिकरणले लघुबीमा व्यवसाय गर्ने बीमकको दर्ता सम्बन्धी कार्यलाई पारदर्शी र व्यवस्थित बनाउन बीमा ऐन, २०४९ को दफा ८ को खण्ड (घ२) को अधिका प्रयोग गरी निर्देशिका जारी गरेको थियो ।
पुरानो ऐन अनुसार नयाँ लघुबीमा कम्पनीलाई चल्न समस्या हुने भएको कारण प्राधिकरणले नयाँ निर्देशिका ल्याउन लागेको हो ।
यूएनडिपीले विगत दुई महिनादेखि लघु बीमा निर्देशिकाका लागि अध्ययन गरिरहेको छ ।बीमा प्राधिकरणको टिमसँग सयुक्त रुपमा यो टोलीले काम गरिरहेको छ।
लघुबीमा कार्यक्रम अरु बीमालेखले समेट्न नसकेको वा पहुँचमा पुग्न नसकेका वर्गहरु प्रति लक्षित छ ।
ग्रामिण क्षेत्रमा बसोबास गर्ने बिमाको दायराले समावेश गर्न नसकेका, न्यून आय भई जीविकोपार्जन गर्ने समुदायको दैनिक जीवनमा आई पर्न सक्ने सम्भावित जोखिम न्यूनिकरणमा सहयोग पुर्याउने एक कार्यक्रम नै लघुबीमा भएकाले सोहि स्थानसम्म पुगेर काम गर्ने वातावरण सिर्जना कसरी गर्ने भन्ने कुरा निर्देशिकामा समेटिने भएको छ
यस बिषयमा बीमा प्राधिकरण र युएनडिपीको बिशेष प्राथमिकत हुने देखिएको प्राधिकरणले जनाएको छ।
यस्ता कार्यक्रमले ग्रामिण भेगका मानिसहरुका घरआगँनमा पूगि उनीहरुलाई समेटेमा भविष्यमा आई पर्ने सम्भावित आर्थिक वा भौतिक जोखिमसँग सामना गर्न अवस्थालाई पनि निर्देशिकामा समस्या गरिन्छ ।
लघुबीमाको लक्षित वर्ग
गरिब, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तकृत समुदायलाई लक्षित गरी बीमकले लघुबीमा गर्नुपर्नेछ । लघु जीवन बीमा व्यवसाय गर्ने बीमकले लघु जीवन बीमा र लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले लघु निर्जीवन बीमा व्यवसाय गर्नुपर्नेछ ।
लघु जीवन बीमा व्यवसाय गर्ने बीमकले आजीवन लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र अन्य लघु जीवन बीमामध्ये कुनै एक वा एक भन्दा बढी प्रकारका बीमा व्यवसाय गर्न सक्नेछन् ।
यस्तै, लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले घर, सम्पत्ति तथा व्यवसाय लघुबीमा, मोरट लघुबीमा, इन्जिनियरिङ्ग लघुबीमा, दायित्व तथा मौद्रिक क्षति लघुबीमा र अन्य लघु निर्जीवन बीमामध्ये एक वा एक भन्दा बढी प्रकारका बीमा व्यवसाय गर्न सक्नेछन् ।
२१ दिनभित्र दाबी भुक्तानी दिनुपर्ने
बीमकले आफूसमक्ष परेको लघुबीमा दाबीको तत्काल छानबिन गरी दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउनुपर्नेछ । बीमकले दाबीसम्बन्धी आवश्यक कागजात प्राप्त भएको बढीमा २१ दिनभित्र दायित्व यकिन गरी भुक्तानी गर्नुपर्नेछ । यस्तै, दाबी भुक्तानीसम्बन्धी कुनै विवाद उत्पन्न भएका प्राधिकरणमा ३५ दिनभित्र लिखित उजुरीसमेत गर्न सकिनेछ ।
प्राधिकरणले मंसिर ११ गते सातवटा कम्पनीलाई लघुबीमाको व्यवसाय गर्ने अनुमति दिएको थियो । यी कम्पनीलाई प्राधिकरणले मापदण्डअनुसार ७५ करोड रुपैयाँ जम्मा गर्न निर्देशन दिएको छ ।
प्राधिकरणका अनुसार अहिलेसम्म ४ वटा कम्पनीले मात्रै पुँजी जुटाएका छन् । गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पुँजी जुटाएका हुन् ।
पुँजी जुटाएका गार्डीयन माइक्रो र नेपाल माइक्रोलाई प्राधिकरणले लाइसेन्स दिने निर्णय गरेको छ । भने पुँजी जुटाउन नसकेका ३ वटालाई ४५ दिनको समय थप गरिएको छ ।