सानिमा रिलायन्स लाइफद्वारा ४ प्रदेशमा ठूलो संख्याले कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै चार प्रदेशका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले मधेश प्रदेश, बागमति प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशमा रहेका १० वटा शाखामा आवश्यक कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रबर्धन सम्बन्धि कार्यानुभव भएका आवेदकहरुलाई प्राथमिकता प्रदान गरिने छ ।
इच्छुक उम्मेदवारले कम्पनीको इमेल मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
I am interested this job