आइएमई लाइफको आइपीओमा साढे १३ लाखले दिए आवेदन
७ असार २०८०, बिहीबार १८:३७
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा १३ हजार ७५१ जनाले आवेदन दिएका छन् ।
कम्पनीको आइपीओमा साढे १३ हजार आवेदकहरुले २५ करोड ६० लाख ९७ हजार ३४१ रुपैयाँ बराबरको १० लाख ८० हजार ९९० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा शेयर बिक्रीमा ल्याएको हो। सर्वसाधारणका लागि भने कम्पनीले असार २० गतेदेखि आइपीओ निष्काशन गर्दैछ ।