नेपाल बीमा प्राधिकरणको संचालकमा भुपाल बराल नियुक्त

७ असार २०८०, बिहीबार १२:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणको संचालक समितिको अध्यक्षमा भुपाल बराल नियुक्त भएका छन् । मन्त्रीस्तरिय निर्णयले अर्थ मन्त्रालयका सहसचिव बराल प्राधिकरणको संचालकमा नियुक्त भएका हुन् ।वित्तीय क्षेत्र व्यस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख समेत रहेका संचालक बरालले भोलि बोर्डको बैठकमा सहभागी हुनेछ । उनलाई प्राधिकरणले भोलि नै स्वागत गर्ने भएको छ।

सहसचिव बराललाई अर्थमन्त्रालयको प्रतिनिधीमा रुपमा प्राधिकरण सञ्चालक नियुक्त गरिएको हो ।यसअघि रितेश शाक्यलाई अर्थमन्त्रालयले फिर्ता बोलाएर अर्थमन् त्रालयले भुपाल बराललाई नियुक्त गरेको छ।

यसअघि अघिल्लो साता मात्रै बराल मन्त्रीपरिपद्को निर्णय अनुसार नेप्सेको अध्यक्षमा नियुक्त भएका थिए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*