जीवन विकास लघुवित्तले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन

७ असार २०८०, बिहीबार १२:१८

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै करार सेवामा कर्मचारी माग गरेको हो ।

संस्थाले चार्टट एकाउन्टेन्ट्स पदमा १ जना, प्राविधिकमा ४ जना र तथ्यांक विश्लेषकमा १ जना गरी कुल ६ जना कर्मचारीलाई रोजगारको अवसर खुलाएको छ । बैंक तथा वित्तीय संस्था, कम्पनी, एकाउण्टिङ फर्मको अनभुव तथा प्राविधिक र कानुनी ज्ञान भएका उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने कम्पनीले जनाएको छ ।

संस्थाका अनुसार सो पदहरुमा आवेदन दिनको लागि सम्बन्धित बिषयहरुमा उच्च शिक्षा हासिल गरेको हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले असार २४ गतेभित्र संस्थाको वेभसाईट  https://jeevanbikasmf.com/wp-content/uploads/2022/02/Vacancy-form.pdf  मार्फत आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*