नयाँ लाईसेन्स पाएका लघुबीमा कम्पनीमा नेपाल बीमा प्राधिकरणद्धारा सुपरिवेक्षण सुरु

१ असार २०८०, शुक्रबार १२:०६

काठमाडौं । नयाँ लाईसेन्स पाएका लघुबीमा कम्पनीहरुमा नेपाल बीमा प्राधिकरणले सुपरिवेक्षण सुरु गरेको छ। हाल संचालमा तयारीमा रहेको लघुबीमा कम्पनीहरु बीमा प्राधिकरणको मापदण्डमा छ वा छैनन् भन्ने बिषयमा अध्ययन गर्ने बिषयमा छलफल गर्ने भएको छ।

लघुबीमा कम्पनीहरुले अनिवार्य रुपमा मापदण्ड पूरा गरेको छ वा छैनन् भन्ने बिषयमा अध्ययन गनुपर्ने बिषयमा ध्यान दिनुपर्ने भन्दै उनले सुपरिवेक्षण गरेको छ । कार्यालय सम्बन्धी मापदण्ड पुरा भए नभएको हेर्नका लागि प्राधिकरणले कर्मचारी खटाएर स्थलगत निरीक्षणमा पठाएको सुपरिवेक्षण विभागले जनाएको छ ।

बीमा कम्पनीहरुले तोकिएको स्थानमा कार्यालय स्थापना गर्ने तर सिईओ वा उच्च तहका कर्मचारी काठमाडौंमा बस्ने भएसँगै प्राधिकरणले यसमा कडाई गर्न लागेको हो ।केन्द्रिय कार्यालयमा प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तहका कर्मचारीहरुको आ–आफ्नै कार्यकक्ष हुनुपर्नेछ । सञ्चालक समितिको बैठक समेत तोकिएकै स्थानमा बस्नु पर्ने व्यवस्था गरिएकाले सञ्चालक समितिको बैठक कक्ष पनि निर्माण गर्नु पर्नेछ । केन्द्रिय कार्यालयको सूचना तथा प्रविधिको व्याक अफिस पनि तोकिएको स्थानमा हुनु पर्नेछ ।

प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स दिएर कारोबारका लागि आवस्यक पुर्व तयारी गर्न निर्देशन दिइसकेको छ ।

नेपाल माइक्रोले चितवन, गार्डियन माइक्रोले विराटनगर, क्रेष्ट माइक्रोले विरेन्द्रनगर सुर्खेत र प्रोटेक्टिभ माइक्रोले धनगढीमा केन्द्रिय कार्यालय स्थापना गरेका छन् ।

लघुबीमाको लक्षित वर्ग
गरिब, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तकृत समुदायलाई लक्षित गरी बीमकले लघुबीमा गर्नुपर्नेछ । लघु जीवन बीमा व्यवसाय गर्ने बीमकले लघु जीवन बीमा र लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले लघु निर्जीवन बीमा व्यवसाय गर्नुपर्नेछ ।
लघु जीवन बीमा व्यवसाय गर्ने बीमकले आजीवन लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र अन्य लघु जीवन बीमामध्ये कुनै एक वा एक भन्दा बढी प्रकारका बीमा व्यवसाय गर्न सक्नेछन् ।
यस्तै, लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले घर, सम्पत्ति तथा व्यवसाय लघुबीमा, मोरट लघुबीमा, इन्जिनियरिङ्ग लघुबीमा, दायित्व तथा मौद्रिक क्षति लघुबीमा र अन्य लघु निर्जीवन बीमामध्ये एक वा एक भन्दा बढी प्रकारका बीमा व्यवसाय गर्न सक्नेछन् ।

२१ दिनभित्र दाबी भुक्तानी दिनुपर्ने
बीमकले आफूसमक्ष परेको लघुबीमा दाबीको तत्काल छानबिन गरी दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउनुपर्नेछ । बीमकले दाबीसम्बन्धी आवश्यक कागजात प्राप्त भएको बढीमा २१ दिनभित्र दायित्व यकिन गरी भुक्तानी गर्नुपर्नेछ । यस्तै, दाबी भुक्तानीसम्बन्धी कुनै विवाद उत्पन्न भएका प्राधिकरणमा ३५ दिनभित्र लिखित उजुरीसमेत गर्न सकिनेछ ।

प्राधिकरणले मंसिर ११ गते सातवटा कम्पनीलाई लघुबीमाको व्यवसाय गर्ने अनुमति दिएको थियो । यी कम्पनीलाई प्राधिकरणले मापदण्डअनुसार ७५ करोड रुपैयाँ जम्मा गर्न निर्देशन दिएको छ ।

प्राधिकरणका अनुसार अहिलेसम्म ४ वटा कम्पनीले मात्रै पुँजी जुटाएका छन् । गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पुँजी जुटाएका हुन् ।

पुँजी जुटाएका गार्डीयन माइक्रो र नेपाल माइक्रोलाई प्राधिकरणले लाइसेन्स दिने निर्णय गरेको छ । भने पुँजी जुटाउन नसकेका ३ वटालाई ४५ दिनको समय थप गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*